नमस्ते पे

Home Digital Payment Ntc ले नमस्ते पे QR कोडहरू मार्फत आफ्नो सेवाहरूको भुक्तानी सुरु गरेको छ। डिजिटल भुक्तानी समाचार, Ntc ले नमस्ते पे QR कोडहरू मार्फत आफ्नो सेवाहरूको भुक्तानी सुरु गरेको छ।

नमस्ते पे

मे १५, २०२३०, नेपाल-दूरसंचार-बिल-भुक्तानी-नमस्ते-पे-डिजिटल-वालेट-द्वारा
नेपाल टेलिकम (NTC) ले ‘नमस्ते पे’ वालेटको क्यूआर कोड मार्फत विभिन्न सेवाको बिल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । कम्पनीले आफ्नो सुन्धारा र बबरमहल शाखा कार्यालयमा रहेका सबै काउन्टरमा डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराएको छ ।

टेलिकमले आज सुन्धारा र बबरमहलमा एक कार्यक्रमका बीच यो सेवा सुरु गरेको हो । नेपाल दूरसञ्चार क्षेत्रीय निर्देशनालय वाग्मती प्रदेशका निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले उक्त सहकार्यको सम्झौतापत्र आदानप्रदान गरे ।

सो अवसरमा निर्देशक प्रधानले क्यूआर कोड मार्फत बिल भुक्तानी गरी सेवाको उद्घाटन गरेका थिए । उनले भने, ‘नेपाल टेलिकमले आफ्ना काउन्टरहरूमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो कदम चालेको हो । प्रयोगकर्ताहरूले अब नमस्ते पेको QR कोड प्रयोग गरेर बिलहरू तिर्न सक्षम हुनेछन्। यो सेवाले प्रयोगकर्तालाई नगद झिक्न बैंक जानुपर्ने झन्झट कम गर्नुका साथै बिल भुक्तानीलाई सहज र छिटो बनाउन मद्दत गर्नेछ । नेपाल डिजिटल पेमेन्ट कम्पनी (नमस्ते पे) का प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने, ‘डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाउँदा हामी खुसी छौं र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित छौं । यसले नगदरहित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गर्दा बैंक तथा डिजिटल प्रविधिको पहुँच भएका र नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”

सो अवसरमा नेपाल डिजिटल पेमेन्ट कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी, सूचना प्रणाली सहयोगी निर्देशनालयका प्रबन्धक शालिकराम सुवेदी र दूरसञ्चार कार्यालय सुन्धाराका प्रमुख दिनेशचन्द्र पन्थीले सेवा सुरु भएकोमा खुसी व्यक्त गर्दै आवश्यक पर्ने जानकारी गराए । सेवा बारे जानकारी। नमस्ते पे QR मार्फत नेपाल टेलिकमको बिल भुक्तानी
हाल एनटीसीको सुन्धारा र बबरमहल काउन्टरमा नमस्ते पेको क्यूआर कोड प्रयोग गरेर बिल भुक्तानी गर्न सकिन्छ। आगामी दिनमा अन्य कार्यालयमा पनि यो सेवा विस्तार गरिनेछ । कम्पनीका नयाँ तथा विद्यमान दुवै प्रयोगकर्ताले QR मार्फत भुक्तानी गर्दा आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था पनि गरिएको छ ।

READ THIS  7-0 loss to Costa Rica, Spain's biggest World Cup win so far

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गर्दै आएको छ ।

If you have any comments, Mistakes And complains Please Suggestions to Us please comment down Or Email us at : [email protected] And You Can Fill this contact form : Click here For Contact Form

Leave a Reply

Your email address will not be published. Required fields are marked *